2025-11-10 4:50 pm

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।प्रहरीले सरकारी वकिलले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो । तर, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानको लागि चार दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

केहि समय अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ । श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

About the Author

Ad
Ad