2025-11-09 1:10 pm

‘सेन्टी भाइरस’को प्रचारप्रसार तिव्र, ११ हजार ट्याक्सिमा पोस्टर

धुर्मुस सुन्तलीको सिनेमा ‘सेन्टि भाइरस’को प्रदर्शन मिति नजिकिदै जाँदा यसको प्रचारप्रसार तिव्र पारिएको छ। सिनेमाको ‘फनफन्नी’ गीत रिलिज गरेको सिनेमाले केही दिनमा ट्रेलर सार्वजनिक गर्दैछ।

फागुन ९ गते देखि प्रदर्शनको तयारीमा रहेको सिनेमा सेन्टिभाइरसको पोस्टर ११ हजार ट्याक्सिमा टास्ने भएको छ। आज पेस्पिकोला टाउनप्लानिङमा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समितीको संयोजनमा भएको कार्यक्रममा सिनेमाको पोस्टर टाँस्ने अभियान सुरु गरेका हुन्।

‘सुरुवातमा ५ हजार ट्याक्सीमा सिनेमाको पोष्टर टाँस्ने र सिनेमा प्रचारप्रसारमा सहयोग गर्ने भनिएको भएता पनि पछि उहाँहरुले उपत्यकामा चल्ने ११ हजार ट्याक्सीमा सिनेमाको पोस्टर टाँसेर सिनेमा प्रचारमा साथ दिने बताउनु भएको छ।’ कलाकार तथा सामाजसेवी सीताराम कट्टेल धुर्मुसले बताए।

‘सिनेमाको आम्दानीबाट ५० प्रतिशत रकम गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणमा जाने भएकोले पनि यो सिनेमा सफल पार्नका लागि सबैले साथ दिनुभएको छ। उहाँहरुलाई हृदयदेखि नै धन्यवाद दिन चहान्छु । ‘धुर्मुसले थपे। कार्यक्रममा क्रिकेट रंगाशाला निर्माणका लागि उपस्थित ट्याक्सी व्यवसायीहरुले संकलन गरेर एकमुष्ट १७ हजार ६ सय ९५ रुपैयाँ सहयोग गरेका छन्।

सुविहानी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमालाई चर्चित निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन्। सिनेमामा सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, दयाह्याङ राई, विल्सनविक्रम राई लगायतका कलाकारहरुको अभिनय रहको छ। सिनेमा सेन्टि भाइरस यही फागुन ९ गते देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ।

About the Author

Ad
Ad