काठमाडौं –  डिजिटल बजारमा प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ।  यस गीतमा गायक प्रदिप धमलाको  स्वर, शब्द र संगीतमा समावेश छ।

गीतमा  शिवम रसाइलीको गीतमा संगीत संयोजन रहेको छ। भिडियोमा सविता कुटु र गायक प्रदिप धमलाको अभिनय रहेको छ। अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ।

म्युजिक भिडियो ओपीडी ट्युन्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यसअघि गायक धमलाले ‘जीवन साथी’, ‘जिन्दगी’, ‘मेरी हजुरआमा’, ‘चरसरी स्वतन्त्र’ लगायतका भिडियोहरु सार्वजनिक गरिसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू