Menu

नेपाल आईडलको टप ८ मा पुगिन् हेटौंडाकी सुमियन

हेटौंडाकी सुमियन पाख्रिन नेपाल आईडल सिजन ४ को टप ८ मा प्रवेश गरेकी छिन् । एपिवन टेलिभिजनबाट हप्ताको बिहिबार र शुक्रबार प्रशारण हुँदै आइरहेको रियालिटी शो मा बिहिबार को ईलिमिनेशन डे मार्फत उनि सुरक्षित हुँदै टप ८ मा प्रवेश गरेकी हुन् ।

टप ९ बाट सुरेश लामा बाहिरिएका छन् । सुमियन यो हप्ता पनि बटम ३ मा परेता पनि उनि सुरक्षित भएकी छन् । उनले फेरी दर्शक माझ टप ७ मा पु¥र्याईदिन भोटको अपिल गरेकी छिन् । उनले टप ७ का लागि बुद्धिकृष्ण लामिछानेको ‘घाँस काट्ने खुर्केर’ भन्ने बोलको गीत गाएकी छन् ।

भोटिङ लाईन सोमबार मध्यान्ह् १२ बजेसम्म खुल्ला हुने छ । भोट गर्नका लागि एनटिसी , एनसेल र स्मार्ट फोनबाट मोबाईलको एसएमएस बक्समा गई ११ टाईप गरी ३७००० मा अनि सेलपे एप डाउनलोड गरी भोट गर्न सकिनेछ भने देश बाहिरबाट सृष्टी एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।

को हुन् सुमियन पाख्रिन ?

सुमियन पाख्रिन मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १५ मा बस्छिन् । बुवा भिम बहादुर पाख्रिन र आमा देवीमाया दोङको कोखबाट जन्म लिएकी उनि चार दिदि बहिनी मध्य कान्छी सुपुत्री हुन् । उनी पहिलेदेखि नै संगितमा रुचि राख्थिन् र उनि क्रिष्ट्रियन भएकै कारण उनि शनिबार रशनिबार चर्चमा गएर गीत गाउँथिन् र घरमा हुँदा दाईले गितार बजाउने र उनले गीत गाउँथिन् । उनी बाल्यकालदेखि नै चञ्चल स्वभावकी थिईन् । कान्छी छोरी भएकै कारण उनलाई घरमा सबैले माया गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad