Comments Add Comment

बलिउड चलचित्र ‘सडक २’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड चलचित्र ‘सडक २’को ट्रेलर सार्वजनिक भएको छ । महेश भट्टले निर्माण गरेको यस चलचित्रको ट्रेलर रिलिज भएसँगै यसको चर्चा बढेको छ ।

अभिनेता सञ्जय दत्तको मुख्य भूमिका रहेको फिल्म सडक २ को ट्रेलर मङ्गलवार युट्युबमा सार्वजनिक भएको हो । २८ अगस्टमा डिजिटल प्लेटफर्मबाट रिलिज हुने तयारीमा रहेको यस फिल्मको ट्रेलरमा आलिया भट्ट, सञ्जय दत्त र आदित्यराय कपुर देखिएका छन् ।

सार्वजनिक ट्रेलरमा दर्शकले लाइकभन्दा पनि बढी डिसलाइक गरेका छन् । यति बेलासम्म ट्रेलरलाई ४ लाख ६९ हजारभन्दा माथिले हेरेका छन् भने चलचित्रको ट्रेलरलाई ५ लाख ५८ हजार दर्शकले डिसलाइक गरेका छन् ।

चलचित्रलाई लाइक गर्नेको सङ्ख्या जम्मा ५५ हजारमा सीमित छ । ट्रेलरमा ५९ हजार बढिले प्रतिक्रिया दिएका छन् । धेरै दर्शकले यस चलचित्रलाई सबैभन्दा बढी डिसलाइक पाउने ट्रेलर बनाउनुपर्ने दर्शकको प्रतिक्रिया छ । साथमा प्रतिक्रियामा अभिनेता सुशान्त सिंह राजपुतले न्याय पाउनु पर्ने भनी आवाज उठाएका छन् ।

बलिउडमा व्यथित नातावाद र समूहवादको कारण सुशान्तले आत्महत्या गर्नु परेको भनी बलिउडमा परिवारवादलाई संरक्षण गर्ने बलिउडकर्मी विरुद्ध दर्शक उत्रिएका छन् ।  

ट्रेलर हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर