काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो सिस्टम अपग्रेड गर्ने भएको छ । सिस्टम अपग्रेडका कारण आज मध्य राति एक बजेदेखि ३ बजेको अवधिमा सिस्टम अपग्रेड गर्ने निश्चित भएको हो ।

सिस्टम अपग्रेडको अवधिमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने भन्दै कम्पनीले अग्रीम सूचना जारी गरेको छ । अपग्रेड कार्य सम्पन्न भएलगत्तै पूर्ववत रुपमा सेवा सुचारु हुने जानकारी दिँदै कम्पनीले यसबाट पर्न जाने असुविधा प्रति क्षमायाचना समेत मागेको छ ।