
काठमाडौं – कार दुर्घटनामा परेर न्युज २४ टेलिभिजनका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको छ । न्युज २४ का बुटवल संवाददाता पाण्डेको गएराति कार दुर्घटनामा मृत्यु भएको हो । बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभरटोलमा भएको कार दुर्घटनामा उनको ज्यान गएको हो ।
बा ७ च ६९५९ नम्बरको कार आफैँ चलाएका थिए । कार सडक किनाराको फलामे बारमा ठोक्किएको प्रहरीले जनाएको छ । उनको शव अहिले पोस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय बुटबलमा राखिएको छ । पत्रकारिता र कलाकारितालाई सँगै अघि बढाएका पाण्डे विगत पाँच वर्षदेखि न्युज २४ सँग जोडिएका थिए ।