Comments Add Comment

क्‍वारेन्टिनमा बसिरहेका एक पुरुषको मृत्यु

अछाममस्थित क्‍वारेन्टाइनमा बसिरहेका एक पुरुषको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ को कैलाशेश्‍वर घट्टे खेति आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए। असार ९ गते उनको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । असार १३ गते एक्कासि उनको स्वास्थ्यमा स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयलपाटा अस्पतालमा पुर्‍याइएको थियो । आकस्मिक कक्षमा उपचारकै क्रममा उनको शनिबार दिउँसो २ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर