राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २५ औँ साधारण सभा तथा १२ औँ केन्द्रीय अधिवेशनको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, मकवानपुरका निवर्तमान अध्यक्ष कपिल खड्का सम्मानित भएका छन् । हरीगोपाल प्रधानद्वारा स्थापित एन एफ पिजे हरीगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार मनोरंजन फोटो पुरस्कार २०७७ खड्कालाई प्रदान गरिएको हो । मनोरञ्जन विधाको यो पुरस्कार बुधबार एक समारोहका बीच काठमाडौँ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले खड्कालाई प्रदान गरेका हुन् ।