राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता मधु अधिकारी नेकपा (एकिकृत समाजवादी) प्रवेश गरेका छन् । उनि सँगै उनकै छोरा तथा राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारी पनि नेकपा एस प्रवेश गरेका छन् । आइतबार पोखरा पुगेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरेका थिए । राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको थाहा पाएपछि आफु समाजवादी यात्रामा सामेल हुन नेकपा एस प्रवेश गरेको अधिकारीले बताए । राप्रपामा रहेर संगठन निर्माणको लागि नियमित काम गर्नेहरुनै पछि पर्नेको संख्या बढ्दै गएपछि आफुहरु नेकपा एसमा प्रवेश गरेको उनको दाबी छ ।