मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट ल्याएको छ । बिहिबार नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख खड्ग बहादुर गोपालीले आर्थिक वर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन् ।
नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि अन्तरिक स्रोत तर्फ ११ करा ८८ लाख ४९ हजार, राजश्व बाडँफाँड तर्फ १६ करोड ५३ लाख ४९ हजारको बजेट पेश गरेको हो । त्यस्तै संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख, प्रदेश सरकारबाट अनुदान ९ करोड ६७ लाख ३४ हजार गरि जम्मा ९५ करोड ६४ लाख ३२ हजारको बजेट बाँडफाँड गरिएको उपप्रमुख गोपालीले जानकारी दिए । जसमध्ये चालु खर्चतर्फ रु ८ करोड ५७ लाख ४५ हजार र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सरुक्षा तर्फ १२ करोड गरी जम्मा ९५ करोड ६४ लाख ३२ हजार खर्च पेश भएको हो ।