Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोपा अमेरिका : उरुग्वे अन्तिम आठमा प्रवेश

Company Register

कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित निकालेको छ। जितसँगै उरुग्वे अन्तिम आठमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको जितमा एडिनसन कभानीले एक गोल गरेका थिए भने एक गोल बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल गरेका थिए।

Advertisement

यो जितपछि उरुग्वे नकआउट चरणमा पुगेको छ। उरुग्वेको ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ। त्यस्तै बोलिभियाको भने यो लगातार तेस्रो हार हो। समुह ए मा रहेको उरुग्वेसहित यस समूहबाट अर्जेन्टिना, चिली पनि नकआउट चरण अर्थात क्वाटरफाइनलमा पुगिसकेका छन्। त्यस्तै समुह बि बाट भने अहिलेसम्म ब्राजिल र कोलम्बिया क्वाटरफाइनलमा पुगेका छन्। प्रतियोगिता अन्तरगत अहिले चिली र पाराग्वेबीचको खेल जारी छ। कुल दश टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजित छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...