आजबाट हेटौंडामा भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । एफसी विजय यूथ क्लबको आयोजनामा आज शुक्रबारबाट हेटौंडाको फरेष्ट्री क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विजय यूथका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए ।

उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज बीएफसी भरतपुरको बीचमा हुनेछ । प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाको १० टिमको सहभागिता रहेको छ । करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए । यस्तै प्रतियोगिताको उत्कृट गोलरक्षक, फरवर्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।