नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको फाइलनमा पुगेको छ । बङ्गलादेशको ढाकामा आइतबार भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । लगातार चौथो खेल जित्ने क्रममा नेपाली महिला टोलीले आइतबार उज्वेकिस्तानलाई तीन–शून्यको सोझो सेटमा हरायो ।

नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सेटमा हरायो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल आज किर्गिस्तानसँग खेल्नेछ । नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएको संस्करणको विजेता पनि हो ।