अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन्। दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो।

भेटपछि अर्थमन्त्री शर्माले फेसबुकमा लेखेका छन्, ‘नेपालका लागि कतारी राजदूत महामहिम युसुफ बिन मोहम्मद अहमद अल हेल बीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ। सो भेटमा कतारी राजदूत महामहिम युसुफ बिन मोहम्मद अहमद अल हेल ले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि आमन्त्रण गर्नुभएको हुँदा उहाँलाई हार्दिक धन्यवाद।’ कतार विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ। जसका लागि ३२ देशले छनोट पूरा गरिसकेका छन्।