फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो । नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्वीट गरेका छन् । सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य तीन खेलाडीको कोरोना संक्रमण देखिएको थियो । केही दिन अघि अर्का स्टार केलियन एमबाप्पेलाई पनि संक्रमण देखिएको थियो ।