2025-11-09 12:58 pm

युरोकप : अष्ट्रिया पहिलो पटक नकआउटमा

अष्ट्रिया पहिलो पटक युरोकप फुटबलको नकआउटमा पुगेको छ । सोमबार राति भएको खेलमा युक्रेनलाई १(० गोलले पराजित गर्दै अष्ट्रिया समूहको उपविजेता बन्दै पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो । अष्ट्रियालाई जित दिलाउन २१औँ मिनेटमा क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे ।

यस जितसँगै समूह ‘सी’ मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो । युक्रेन भने समूहको तेस्रो स्थानमा रह्यो । युक्रेनले ३ खेलमा ३ अंक जोडेको छ । युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ ।

About the Author

Ad
Ad