Comments Add Comment

युरोकप : समूह विजेता बन्दै बेल्जियम नकआउटमा

समूह चरणका सबै खेल जितेको बेल्जियम समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न तेस्रो खेलमा फिनल्याण्डलाई २(० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५औँ मिनेटमा आत्मघाती गोल गरे ।

खेलको ८१औँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २(० को जित दिलाए । समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो । फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो ।पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ । समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै फिनल्याण्डको अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर