ललितपुर सिटी एफसी सुपर लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हराएको हो। मकवानपुरे खेलाडी अन्जन विष्टले गरेको गोलनै जितको लागि निर्णायक बन्यो । कप्तानसमेत रहेका विष्टले खेलको ६२ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको हो।

लिग चरणका सुरुका चार खेलमा तीन बराबरी र एक हारको नतिजा निकाले पनि त्यसपछि लगातार दुई खेल जितेर प्ले अफमा स्थान बनाएको ललितपुरले अब बिहीबार काठमाडौँसँग खेल्ने छ। यसअघि काठमाडौंलाई २–१ गोलले हराएर धनगढी एफसी फाइनल पुगिसकेको छ।