
चौथो संस्करणको स्थानीय तह सहीद स्मृती मकवानपुर गोल्डकप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घरेलु टोली विजय युथ क्लबका अशोक बराल घोषित भएका छन् ।प्रतियोगिताकै सर्वोष्कृष्ट खेलाडी घोषित भएका अशोकले रोयल इन्फिल्ड बुलेट बाईक जित्न सफल भएका छन् । खेल निरीक्षकको निर्णय र दर्शकको मतको आधारमा अशोकले बुलेट बाइक पाएका हुन् । यसअघि तेस्रो संस्करणमा घरेलु टोलीकै अमिर श्रेष्ठले बुलेट मोटरसाइकल पाएका थिए ।
अशोकले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रर्दशन गरेपनि टोलीलाई उपाधि भने दिलाउन सकेनन् । प्रतियोगिताको उप–विजेता बनेको विजय युथलाई फालइनलमा पु¥याउनको लागि महत्वपूर्ण योगदान गरेका थिए । यसअघि क्वाटरफाइनल र सेमिफाइनमा उत्कृष्ट खेलमा उनले एक गोल पनि खाएका थिएनन् । सर्वोत्कृष्ट खेलाडीको लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्टका सञ्चालक पुरणबहादुर जोशीले मुल्य ६ लाख मूल्य बराबरको बुलेट बाइकको व्यवस्था गरेका थिए । गोल्डकप फुटबलमा सर्वोत्कृष्ट खेलाडीको लागि दिइने यो सबैभन्दा ठूलो पुरस्कार राशी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




