Comments Add Comment

मकवानपुरगढीको अधुरो योजना पुरा गर्ने प्रतिवद्ध : कुमारी मोक्तान

नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ (क) की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले मकवानपुरगढीको  अधुरो अपुरो योजना पुरा गर्न प्रतिवद्ध रहेको बताइन् ।

बुधबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा भएको कार्यकर्ता भेटघाट र चुनावी सभालाई संबोधन गर्ने क्रममा मोक्तानले आफु गठबन्धन अन्तरगतका सबै दल, जनताको साझा उम्मेदवार भएकोले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरि विजयी गराउन अनुरोध गरिन् । संविधानको र लोकतन्त्रको रक्षाको लागि नेकपा एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका भएको समेत मोक्तानले बताइन् ।

नेपाली कांग्रेस मकवानपुरगढी गाउपालिका सचिव प्रतिमान रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, विजय गौतम, जिल्ला सचिव भीम पाख्रीन, नेपाली कांग्रेस महासमिति सदस्य माईकल रामचन्द्र अर्याल, सुर्य बहादुर रुम्बा, नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष सानोकान्छा मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर