Comments Add Comment

नेता बानियाँले सुकौराका ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट वितरण

बाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले सोमबार मकवानपुर गढी ७ सुकौराको एक विद्यालयका ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् । मकवानपुर गढी गाउँपालिका ७ सुकौरामा रहेको जनता माविका ३ सय ६० जना विद्यार्थीलाई नेता बानियाँको विशेष सहयोगमा ट्रयाकसुट वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको सभाध्यक्षता एवं नेता बानियाँको प्रमुख आतिथ्यतामा भएको ट्रयाकसुट वितरण कार्यक्रममा मकवानपुर गढी गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर मोक्तान, पूर्व सदस्य लालबहादुर थिङ, युसआइडीका सामाजिक परिचालक जनकबहादुर शाही, पिटिए अध्यक्ष रुपा स्याङतान्, प्रधानाध्यापक होमबहादुर नेपाली, विद्यार्थी नेता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेता बानियाँको विशेष सहयोग तथा बानियाँ निर्माण सेवा, मोर्डन ईन्फास्ट्रक्चर, शिव सिमेण्ट र अभिभावकहरुको सहयोगमा ट्रयाकसुट वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुम्बाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर