मकवानपुरको हेटौँडामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरिएको छ । सोमबार कमाण्ड पोष्टको बैठकले निषेधज्ञा भदौ १५ गतेसम्म जारी राख्ने निर्णयगरेको हो । साउन २६ गतेदेखि गर्दै आएको निषेधाज्ञा दोस्रो पटक थप गरेर भदौ १५ गते सम्म कायम गरिएको छ । कोरोना संक्रमित बढ्दै गएको र कम नभईसम्म निषेधाज्ञा गर्नु पर्ने भएकोले म्याद थप गरिएको कमाण्ड पोष्टको बैठकमा निर्णय गरेको हो । भदौ १५ गतेसम्म निषेधज्ञा थप भएसँगै बैंक तथा वित्तिय सस्था पनि बन्द हुने भएका छन् ।