२४ घन्टा यता देशभर कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा यता ८ जनाका मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षका पुरुष रहेका छन् । योसँगै कोभिड १९ बाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।