मकवानपुरगढीका उद्धव घिमिरे नेपाली कांग्रेसमा फर्किएका छन् । मकवानपुरगढी –३ का कांग्रेस क्रियाशिल सदस्य घिमिरे कांग्रेसमै फर्किएका हुन् । उनलाई नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णु लामिछानेले स्वागत गरेका हुन् । उनि केही दिनअघि मात्र नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । उनले आफु विगत नै नेपाली कांग्रेसमा रहेको र भुलवश केही दिन अर्को पार्टीमा गएको बताउँदै निरन्तर कांग्रेसमै रहेर देश र समुदायको हितमा खटिने बताए । उनी मकवानपुरगढीका अर्जुन दाहालसंगै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको थियो ।
कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, हेटौंडा नगरका निवर्तमान उपसभापति आनन्दराम पराजुली, नेता बलराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।