मकवानपुरकोे मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ८ स्थित बुढिचौरमा हिमपात हुन थालिएको छ । बिहिबार रातीदेखि पानी परिरहेको र शुक्रबार बिहानदेखि हल्का हिमपात भईरहेको स्थानिय प्रदिप देवकोटाले जानकारी दिए । उनले भने निरन्तर पानी परिरहयो भने बाक्लो हिमपात हुने संम्भावना छ । अहिले डाँडाको टुप्पातिर मात्र हल्का हिमपात भएको उनले बताए ।

त्यसै गरी मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको दामन र सिमभञ्ज्याङ्गमा बाक्लो हिमपात भएको छ । गएरातीदेखि परिरहेको पानीसँगै हिमपात पनि भईरहेको छ । बाक्लो हिमपातका कारण त्रिभुवन राजपथ सडखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यो क्षेत्रमा यस वर्ष तेस्रो पटक हिमपात भएको हो ।