Comments Add Comment

सन्चारकर्मी देबकोटाले मनाए आश्रयस्थलमा जन्मदिन

हेटौंडा । मकवानपुरे सन्चारकर्मी देबकोटा कान्छो मनोजको आज आफ्नो जन्मोत्सव हेटौंडा १५ मा अबस्थित दिब्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमाका बुवा आमा सङ मनाएका छन् ।

देबकोटाले आफ्नो ३२ औ र आफ्नो बाबाको ६२ औ जन्मदिन पारेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको बृद्ध आश्रमका बुवा आमा सङ केक काटेर मनाएका हुन् । देबकोटाले जन्मोत्सव अनावश्यक तडक भडक गरेर मनाउनु भन्दा बृद्ध बृद्धा बुवा आमाहरुसँगै रहेर आफ्नो जन्मदिन मनाउदा निकै खुशी मिलेको बाताए ।कार्यक्रममा देबकोटाकी धर्मपत्नी सन्नु रिजाल ,पिता रामशरण देबकोटा , हेटौंडा टुडेकर्मी लगायतको उपस्थिति रहेको थियो।

मकवानपुर जिल्लामा रेडियोबाट पत्रकारिता सुरु गरेका देबकोटा कान्छो बिगत दुई बर्ष देखि अनलाईन पत्रकारिता र पछिल्लो समय हेटौंडा टुडे नामको युटुबमा सक्रिय रहेका छन् ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर