Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुर गढीमा जन्ति बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु , दुई दर्जन भन्दा बढी घाईते

Company Register

मकवानपुरको गढी गाँउपालिका अन्तर्गत वडा नम्बर २ स्थित शिखरकटेरीमा जन्ति बोकेको बस दुर्घटना हँुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई दर्जन भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गढी ७ सुकौराका २४ बर्षीय सुरज लो को चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुने अर्को एक जनाको भने नाम ठेगना खुलिनसकेको जानकारी दिएको छ । मकवानपुर गढि हुँदै सुकौरा तर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ति बस दुर्घटना भएको थियो ।

Image may contain: night, bus and outdoor
Image may contain: one or more people, people standing and outdoor
Image may contain: night and outdoor
Image may contain: night and bus

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...