दुग्धको मुल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको एक मन्त्री बताए । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।

दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीले जानकारी गराएको छ । कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ ९धृतांश बाहेकको ठोस पदार्थ० ८ प्रतिशत कायम गरिएको छ । यो न्यूनतम मात्रा हो । राष्ट्रिय दूध विकास बोर्डले प्रशोधित दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कृषि मन्त्रालयलाई सिफारिस गरेको थियो ।