तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरका तीन स्थानिय तहले सार्वजनिक विदा लिएको छ । तामाङ्ग सामुदायको बहुलियता भएको मकवानपुरको बागमती गाउँपालिका , राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । सुचना जारी गर्दै बागमतीमा आज १८ गतेदेखि २० गतेसम्म विदा दिएको छ भने राक्सिराङ र बकैयामा १९ ,२० र २१ गते सार्वजनिक विदा दिएको छ ।