मकवानपुरमा शुक्रबार थप ७२ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १ सय १ जनामा पिसिआर र १ सय ६ जनामा एन्टीजेन परीक्षण गर्दा ४१ जना र ४० जना गरि थप ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्सै गरी शुक्रबार जिल्लामा थप २ सय ४६ जना संक्रमितले कोरोना जितेका छन् । हाल जिल्लामा १ हजार १७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्।