पछिल्लो समय निकै नै चर्चामा आएको मकवानपुरे गायक तथा संगीतकार प्रकाश तामाङ्ग तितुङ र बुद्धरत्न लामा तितुङको शब्दमा रहेको तामाङ्ग सेलो “स्याउ स्याउ नाना” को फिमेल भर्सन सार्वजनिक भएको छ । शुक्रबार प्रकाश तामाङ्ग अफिसियल युट्युव च्यानलबाट म्युजिक भिडियोलाई सार्वजनिक गरिएको हो ।

फिमेल भर्सनको गीतमा गायिकाहरु ईन्दिरा गोले , शसिकला मोक्तान , बबिता पाख्रिन, निर्मला घिसिङ , जितु लोप्चन , सुमिना लो , रेश्मा भोम्जन , सुजिता योञ्जन , बिमला थिङ्ग , सिर्जना स्याङ्तान , लक्ष्मी स्याङ्तान , अञ्जु थोकर , पुजा लामा र सुजना रुम्बाको स्वर रहेको छ । सर्गम स्टुडियो बौद्धमा रेकर्डिङ गरिएको गीतमा गायक प्रकाश तामाङ्ग तितुङ र गोपाल योञ्जनले संगित भरेका छन् ।

गायक तामाङ्गकै श्वरमा यसअघि मेल भर्सनको गीत दर्शक माझ ल्याईसकेका छन् । गीतलाई दर्शकले धेरै रुचाएका पनि थिए । मेल भर्सनको म्युजिक भिडियोलाई एक मिलियन भन्दा बढी दर्शकले हेरिसकेका छन् । गायक तामाङ्गले अहिलेसम्म एक दर्जन भन्दा बढी तामाङ्ग गीतहरु र दुई दर्जन भन्दा बढी नेपाली गीतहरुमा स्वर तथा संगित भरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू