श्रमिकको पीडा बोकेको सर्ट फिल्म ‘मे वान’ मे दिवसका अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनबाट सबैभन्दा बढी मारमा श्रमिकहरु परेका छन्। यसै विषयलाई लिएर सन्देशमुलक सर्ट फिल्म बनाइएको हो।
फिल्ममा दीपज्योति थापा, अनित जंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय छ। फिल्मका निर्देशक पुरुषोत्तम बस्नेतले काम गरेबापत पारिश्रमिक नपाएको पीडा देखाउन खोजिएको बताए। उनले हरेक क्षेत्रमा श्रमशोषण हुने गरेको भन्दै सांकेतिक रुपमा एउटा पात्रलाई र कथालाई लिएर ‘मे वान’ निर्माण गरिएको खुलाए।
अनिल कुमार महर्जनको सम्पादन रहेको फिल्मको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन्। कपिल खड्का र भोला सुवेदीको छायांकन तथा नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो सर्ट फिल्म नेसन टिभी नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।