Coronavirus COVID-19

भारतमा कोरोना संक्रमितको सङ्ख्या ४० हजार नाघ्यो

[Ads]

Advertisement

कोरोना भाइरसका कारण भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार भन्दा बढीलाई संक्रमण पुष्टि भएको हो । जसमध्ये १३ सय ६ जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८७ जना निको भएका छन् ।

भारतमा पछिल्लो समय सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । भारतमा महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै १० हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । नेपालमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । आइतबार एकैदिन १६ जना नयाँ संक्रमित थपिएको हो ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...