२८मंसिर , हेटौँडा -हेटौँडा–७, न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाको अध्यक्षमा पुनः बेद प्रसाद भट्टराई चयन भएको छन । संस्थाको शनिबार भएको १५औँ वार्षिक साधारणसभाले भट्टराईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रेखा मैनाली, कोषाध्यक्षमा सुजित पोखरेल, सचिवमा नन्दु प्रसाद पोखरेल सर्वसम्मत चयन भएका छन । त्यसैगरी नयाँ कार्य समितिसदस्यहरुमा रेखा पौडेल, बाल गोपाल अधिकारी, शंकर चौलागाई, दिपा शिवभक्ती, कुमार पोखरेल र प्रभु भाष्कर थापा चयन भएका छन । साधारणसभामा संस्थाका अध्यक्ष बेद प्रसाद भट्टराई संस्थागत प्रतिवेदन, कोषाध्यक्ष सुजित पोखरेलले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा टोल बिकासमा आवद्ध सदस्य परिवारबाट २०७५ सालको एसईइ परिक्षामा उत्कृष्ठ अंक हासिल गर्ने विद्यार्थी ऋषभ मैनाली, प्रनिता पौडेल, कृतिका आचार्य र अभिशा पोखरेललाई प्रशंसापत्र र खादा ओढाएर सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ठ बचतकर्तामा आरती थपलिया, उत्कृष्ठ ऋणीमा सुमित्रा श्रेष्ठ र संस्थाको जेष्ठ नागरिमका देव कुमारी अर्याल र सम्भु प्रसाद आचार्यलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । हेटौँडा वडानम्बर ७का वडाध्यक्ष राजन थायाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष बेद प्रसाद भट्टराईको सभाध्यक्षतामा भेला भएको थियो । भेलामा संस्थाका सल्लाहाकार धुव्र प्रसाद चौलागाई, टोल विकास समन्व्य समिति हेटौँडा ७ का अध्यक्ष युवराज गौतम, पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष केदार प्रसाद मिश्र, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्याम प्रसाद भट्टराई, आमा समुह अध्यक्ष कमला पोखरेल, पत्रकार लगायत हेटौँडा ७ मा रहेका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।