हेटौंडाबाट काठमाण्डौं जाने छोटो दुरीको भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर अविरल वर्षाका कारण भिमफेदी गाउँपालिका वडा नंम्बर ६ देउराली नजिक पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अझै पानी परिरहेकोले पहिरो हटाउन समस्य भएकोले हेटौंडा हुँदै जाने सवारीहरु जाममा परेको प्रहरीले जनाएको छ ।