मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ठले राजिनामा दिएको छ । उपाध्यक्ष विष्ठले राजीनामा दिएर पनि आफुले राजिनामा दिएको छैन भनेर पत्रकार सम्मेलन मार्फत जानकारी गराएपछी गाउँपालिकाबाट राजिनामा पत्रनै बाहिरीएको हो । उपाध्यक्ष विष्ठले आफुले राजिनामानै नदिएको र यदी यस्तो भएको भए त्यो राजिनामा कुनै कर्मचारीले फेक बनाएर दिएको हुन सक्ने बताएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको राजिनामा गाउँपालिकाले स्विकृत गरेको छ । मंसिर २९ गते गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई दिएको राजिनामा स्वीकृत भएको हो । उपाध्यक्ष बिष्टको राजिनामा शुक्रबार स्विकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताएका छन्