मकवानपुरगढी गाउँपालिका वडा २ ताप्लाखर्कमा शुक्रबारबाट जिप लाईन सन्चालनमा आएको छ । जीपलाइनको मकवानपुर गढि गाउपालिकाका अध्यक्ष विदुर हुमागाईले पुजाआजा गरि जीपलाइन सञ्चालनको सुरुवात संगै परिक्षण समेत गर्नु भएको थियो ।

Photo Surce : Facebook
भ्रमण वर्ष २०२०लाई लक्षित गरि मकवानपुर जिल्लामानै पहिलो पटक जीपलाईन सञ्चालन गरिएको सञ्चालक रविकुमार श्रेष्ठले बताए । ऐतिहासिक मकवानपुर गढी दरवार नजिकै निर्माण गरिएको मकवानपुरगढी जीपलाईन, होटल गढी भ्यु एण्ड रिसोर्ट जिपलाईन झन्डै १५ करोड लगानी रहेको उनले बताएका छन् ।
जीपलाईन सञ्चालन गरिएको भएता पनि होटल रिसोर्टको निर्माण कार्य भने धमाधम भईरहेको सन्चालकले बताएका छन ।
निमार्णाधिन रिसोर्टमा १७ वटा डिलक्स कोठा सहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल सहित निर्माण हुन लागेको रिसोर्टमा टेन्टमा सुत्ने व्यवस्था र डिजे पार्टी हुने श्रेष्ठले बताए । जिपलाइनमा फागुन महिनाभर २० प्रतिशत छुट रहने जनाइएको छ । जिपलाईन खेल्न सिंघलको २ हजार, डबलको ३ हजार पाँच सय, र सुपरम्यानको ३ हजार दररेट रहेको जनाइएको छ ।

Photo Source : Facebook
हेटौंडाबाट झण्डै १८ किलोमिटरमा रहेको जीपलाईन मकवानपुर जिल्लाको लागि नौलो रहने र यसले चितवन, बारा,पर्सा र रौतहट सहित छिमेकी राष्ट्र भारतका पर्यटकको लागि आकर्षकको केन्द्रविन्दु रहने सञ्चालक श्रेष्ठको दाबी रहेको छ ।
दश जनाको सयुक्त लगानीमा निर्माण गरिएको उक्त समुहले यस अघि काभ्रेमा पनि सञ्चालन सुरु गरिसकेको छ । १ किलोमिटरको रहेको जीपलाईनमा सिंघल, डवल सुपरम्यान खेल्न सकिने व्यवस्था रहेको छ ।
कार्यक्रममा मकवानपुरगढी वडा २ का अध्यक्ष बखान सिं पाख्रिन, वडा ३ का अध्यक्ष भागवत घिमिरे, सञ्चालक दीलिप घिमिरे, सञ्चारकर्मी तथा जिपलाईन पारखीहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




