मकवानपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार हेटौंडाको प्रयोगशालामा २७ जनाको स्वाब परिक्षण गरिएको मध्य ३ जनामा रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेहरुमा हेटौंडा–१ का ६३ वर्षीय पुरुष, हेटौंडा–१७ का ४१ वर्षीय पुरुष र भीमफेदी गाउँपालिका–२ का ४९ वर्षीय पुरुष रहेका छन् ।