मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंम्बर २ मा गठबन्धनका उम्मेदवार बुद्ध राम मुक्तान वडाध्यक्षमा विजयी भएका छन् । गठबन्धनबाट मोक्तान नेपाली कांग्रेसका उम्मेदवार हुन् । मुक्तान ४७८ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताराम प्रजाले ३६५ मत प्राप्त गरेका छन्। यस अघि राक्सिराङ १ मा वडाध्यक्षमा बाबीराम मोक्तान विजयी भइसकेका छन्।