Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरबाट नाईट्रोभेट सहित २ जना पक्राउ

Company Register

मकवानपुरको भीमफेदी गाउँपालिका –२ भैसेबाट लागु औषध नाईट्रोभेट सहित २ जना पक्राउ परेका छन् । त्रिभुवन राजपथ सडक खण्ड हुँदै काठमाण्डौ जाँदै गरेको बा ९६ प ३२८५ नंबर को मोटरसाईकललाई चेकजाँच गर्दा लागु औषध नाईट्रोभेट ८७० ट्याब्लेट सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेमा मोटरसाईकल चालक प्युठान मल्लरानी गाउँपालिका वडा नंबर ३ घर भई हाल जिल्ला काठमाण्डौ बालाजु शान्तीटोल बस्ने वर्ष १८ को सतिश दमाल मगर र मोटरसाईलको पछाडी बस्ने कालीकोट घोचायबाडा गाउँपालिका वडा नंबर ३ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नंबर ३ बस्ने वर्ष १८ को बज्र रोकाया रहेको प्रहरीले जनाएको छ । उनिहरु माथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...