वंशगोपाल माविले यसरी मनाए स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेमा रहेको वंशगोपाल माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय)ले शनिबार ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष मानकुमारी पाख्रीनको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा विद्यालयलाई विभिन्न रुपमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरेको छ । त्यस्तै सोही अवसरमा विद्यालय बस खरिद प्रक्रियामा सहयोग गर्ने शिक्षासेवी एंव समाजसेवी व्यक्तित्वहरुलाई पनि दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।

कृषि विषयको प्राविधिक शिक्षा दिदैं आएको विद्यालयले विद्यालयमा नर्सको व्यवस्था गरिनुका साथै छात्रावासको निशुल्क व्यवस्था गरि सेवा दिदैं आइरहेको अध्यक्ष पुडासैनीले बताए । उनले विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, कृषि विज्ञान प्रयोगशाला सञ्चालन गर्दै विद्यार्थीहरुमा थप गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको बताए । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा एक देखी सबै कक्षाहरुका प्रथम द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनुका साथै सरसफाई, अनुशासन, दलित तर्फ लगायत विभिन्न विधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयले उत्कृष्ट अभिभावक जीत बहादुर लोलाई सम्मान गरेको थियो ।

विद्यालयले स्थापना दिवसको अवसरमा आयोजित खेलकुद कार्यक्रममा प्रथम द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई मेडल प्रदान गरि पुरस्कृत गरिएको थियो । विद्यालयले ५० मिटरको दौड छात्र तर्फ र छात्र तर्फ, गुच्चा चम्चा दौड, चकलेट दौड, बेलुन नृत्य, बेलुन फुटाई, सय मिटर दौड, स्कीपिङ(डोरी), बोरा दौड, गणित दौड, छिटो हिडाईँ, दुई सय मिटर दौड, फुटसल प्रतियोगिता, म्युजिक चेयर जस्ता छात्र छात्राको छुट्टाछुट्टै खेल प्रतिस्पर्धा गरिएको थियो । सोही अनुरुप विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रीन, वडा १ का अध्यक्ष आइतसिं लो, गाउँपालिका शिक्षा शाखा प्रमुख राम बहादुर घलान, कार्यपालिका सदस्य पातली माया गोले, वडा २ का सदस्य रामप्रसाद चौरेल, सुधारजीत गोले, लक्ष्मी विश्वकर्मा,पुर्व प्रधानाध्यापक इन्द्रबहादुर गोले, नि. प्रअ लिलानाथ ढुङ्गेल,प्रअ सन्देश तुम्सिङ मगर सहित शिक्षाप्रेमी एंव समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad