मकवानपुर प्रहरीले १ सय २० किलो लागुऔषध गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ पेन्चे डाँडाको जंगलबाट प्रहरीले १ सय २० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले ६ बोरा गाँजा शुक्रबार राती बरामद गरिएको हो । लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा उक्त जंगलमा ६ वटा बोरामा वेवारिसे अवस्थामा राखिएका उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।