नेकपा एमाले आधिकारिक रुममै विभाजन भएसँगै माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि नयाँ पार्टी दर्ता गर्न नेपाल समुह आयोग पुगेका थिए ।

माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् । जसमा मकवानपुरका तीन जना केन्द्रीय सदस्यहरु विरोध खतिवडा,मुनु सिग्देल र गोमा विष्ट रहेका छन् ।