
चियामा एन्टी अक्सिडेन्ट, फाइटो केमिकल्स जस्ता फाइदाजनक तत्व हुन्छन् । फिक्का अर्थात् दुध नराखेको र चिनी पनि कम राखेको कालो चियाले शरीरलाई ताजगी दिनेमात्र होइन विभिन्न खाले स्वास्थ्य फाइदा पनि हुन्छन् । कालो चिया पिउनुका फाइदा यस्ता छन् ।
वजन घटाउने
कालो चियामा क्यालोरी कम हुन्छ । यो पिएपछि भोक कम लाग्छ र त्यसले वजन घटाउनमा सहयोग गर्दछ ।
क्यान्सरबाट बचावट
चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।
बुढोपना घटाउने
चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।
हृदयाघातको जोखिम कम
दिनहुँ २।३ कप कालो चिया पिउने मानिसहरुमा चिया नपिउने मानिसमा भन्दा हृदयाघातको जोखिम ७० प्रतिशत कम हुन्छ ।
हड्डीको मजबूती
चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।
दाँतको सुरक्षा
चियामा फ्लोराइड तथा ट्यानिन तत्व पाइन्छ जसले दाँतलाई स्वस्थ तथा मजबूत बनाउँदछ ।
रोगप्रतिरोध
कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ ।
Tags
No tags
About the Author
Related Articles
आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै
राक्सिराङमा रहेको अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






