बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको शपथ लिएकी छन् । बुधबार साँझ हेटौंडामा एक समारोहका बिच प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले मुख्यमन्त्री शाक्यलाई शपथग्रहण गराएका हुन् ।

डोरमणि पौडेलले बुधबार राजीनामा दिए लगत्तै बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा समेत शाक्यलाई चयन गरेको थियो । मुख्यमन्त्रीको शपथ लिएपछि बागमती प्रदेशका मन्त्री तथा सांसदहरुले शाक्यलाई स्वागत तथा बधाई दिएका छन् ।