शिक्षक संगठन मनहरी पालिकाको दोस्रो अधिवेशन सम्पन्न

अनलाइन पत्र संवाददाता२०७७-११-२९ No Comments

नेपाल राष्ट्रिय शिक्षक संगठन मनहरी गाउँपालिकाकाे दाेस्राे पालिका अधिवेशन आज सम्पन्न भएकाे छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीकाे प्रमूख आतिथ्यता रहेकाे कार्यक्रम संगठन पालिका अध्यक्ष रामहरी सुवेदीकाे अध्यक्षतामा भएकाे हाे।

शिक्षक संगठन मनहरी गाउँपालिका दाेस्राे अधिवेशन गर्नेमध्ये मकवानपुर  जिल्लाकै पहिलाे पालिका बनेकाे छ । दाेस्राे अधिवेशनले गोविन्द प्रसाद पौडेल काे अध्क्षतामा २४ सदसीय कमिटी समेत गठन गरेकाे छ । अधिवेशनकै क्रममा पालिका अध्यक्ष रामहरी सुवेदीले शिक्षकहरुका जायज मागहरु पालिका अध्यक्ष एकराज उप्रेतीलाई पेश गर्नुभएकाे हाे ।

शिक्षक संगठन राष्ट्रिष परिषद् सदस्य रमेश प्रसाद लामिछाने, वागमती प्रदेश सचिवालय सदस्य माेहन शर्मा, जिल्ला अध्यक्ष श्रीराम दाहालकाे विशेष आतिथ्यता रहेकाे कार्यक्रममा जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेल, सचिव पुरुषाेत्तम आचार्य, काेषाध्यक्ष जयप्रसाद पाेखरेल, सहकाेषाध्यक्ष चन्द्रादेवी लामा वल, सदस्यहरु सुनिल गाैतम, लक्ष्मी अधिकारी, सुर्य बहादुर मुक्तान,सविता लामिछाने, हेटाैडा नगर अध्यक्ष मुकुन्द पाेखरेल, मकवानपुरगढी अध्यक्ष शीवप्रसाद लामिछाने, महासंघ हेटाैंडा नगर अध्यक्ष दीपक अधिकारी, हेटाैडा नगर सचिव गाेपीरमण प्याकुरेल, नवराज डाेटेल, लगायतकाे उपस्थिती रहेकाे जिल्ला प्रचार विभाग प्रमूख सुनिल गाैतमले बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै प्रमूख अतिथी उप्रेतीले शिक्षकहरुकाे पेशागत हकहीत र शैक्षिक गुणस्तर सुधारका लागि पालिकाकाे तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयाे । यता विशेष अतिथी रमेशप्रसाद लामिछानेले संगठनकाे मूख्य जग भनेकाे नै स्थानीय पालिका कमिटीहरु भएकाेले यस्ता कमिटीहरु नै सक्रिय रहनुपर्नेमा जाेड दिनुभयाे । अर्का विशेष अतिथी माेहन शर्माले भने संगठन पेशागत हकहीतका लागि मात्रै नभएर अब शैक्षिक गुणस्तरका लागि पनि लागिपरेकाेमा जाेड दिनुभयाे ।

यता जिल्ला अध्यक्ष श्रीराम दाहालले भने संगठनकाे राष्ट्रिय समितिदेखि जिल्ला तह सम्मका सांगठनिक गतिविधीलाई प्रष्ट्याउँदै आगामी कमिटीकाे लागि अग्रिम शुभकामना ब्यक्त गर्नुभयाे । वनभनाेज सहित सम्पन्न भएकाे अधिवेशनलाई संगठन मनहरी सचिव कृष्णप्रसाद पाैडेलले सञ्चालन गर्नुभएकाे हाे ।

Ad
Ad