
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर कमिटिको आज बसेको विस्तारित बैठकले दोस्रो अधिवेशनको मिति तय गरेको छ । बैठकले दोस्रो अधिवेशनको मिति आगामी चैत्र २१ गते हुने टुङ्गो लगाएको हो । संगठन जिल्ल अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकको अध्यक्षता थाहानगर कमिटि अध्यक्ष रमेशमान डङ्गोलले गरेका हुन् ।
कार्यक्रमलाई संवोधन गर्दै प्रमूख अतिथी दाहालले राष्ट्रिय समितिबाट प्राप्त निर्देशन एवम् समसामयिक विषयवस्तुमाथि प्रकाश पार्नुभएको हो । कार्यक्रममा उठेका सवाललाई संक्षिप्त जवाफ दिदै दाहालले संगठनकै पहलमा राहत शिक्षकहरुको सरुवा गर्न सक्षम भएको, विषम परिस्थितीमा पनि संगठनको साखलाई जोगाउन राष्ट्रिय गौरवको काम जिल्ला समिति मकवानपुरले गर्न सक्षम भएको लगायतका विषयमा बोल्नुभएको जिल्ल प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समिति सदस्य बिरमान स्याङतान , :नबराज अर्याल, सबिता लामिछाने, केन्द्रिय सचिव गणेशमान श्रेष्ठ, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने कैलाश गाउँपालिका कमिटी सल्लाहकार रामकुमार बर्तौला लगायतकाको आतिथ्यता रहेको थियो ।
यसैबीच शिक्षक संगठन वागमती गाउँपालिकाले पनि जनता मावि फापरवारीको सभाहलमा आज नै विस्तारित बैठक सम्पन्न गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




