हेटौडा – हेटौडा उप–महानगरपालिका वडा नं. २ स्थित कााग्रेस चोकमा उज्यालो यात्रा युवा क्लब द्वरा  १५ दिने निशुल्क डल तथा कुशन तालिम आज सम्पन भएको छ ।

फागुन १ गते शनिबार दिन देखि सञ्चालित १५ दिने निशुल्क डल तथा कुशन तालिम फागुन १५ गते (आज)  मकवानपुरगढी गाउापालिका वडा नं. ४ का अध्यक्ष श्री रामप्रसाद तिमल्सिना ज्यूको प्रमुख आतित्यथामा समापन भएको हो । क्लबले विपन्न तथा पीछडिएको महिला तथा विद्यार्थीहरुलाई लक्षित गरि सीपमुलक तालिम सञ्चालनमा ल्याइएको हो ।

प्रमुख अतिथी मकवानपुरगढी गाउापालिका वडा नं. ४ का अध्यक्ष श्री रामप्रसाद तिमल्सिनाले आगामी दिनहरुमा विभिन्न कार्यहरुमा क्लबलाई सहयोग गर्ने प्रतिवद्धता जनाउदै क्लबलाई थप सामाजिक गतिविधिहरुमा सत्रिय भई कार्य गर्न हौसला तथा शुभकामना व्यक्त गर्नुभयो । तालिमलाई  शिभम् सिमेन्ट, हिमालयन माइक्रोन माइन्स एण्ड मिनरल्स मकवानपुर प्रा.लि., आमभञ्ज्याङ्ग एग्रिग्रेट इन्डष्ट्रिज तथा साइबाबा उद्योग प्रा.लि.को सहयोगमा सञ्चालन गरिएको हो ।

उक्त तालिममा १३ जनाको सहभागिता रहेको  थियो । कार्यक्रममा उपस्थित तालिम लिएकाहरुलाई प्रमाण पत्र र सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको  तालिमका संयोजक प्रतिक्षा कार्कीले बताउनुभयो ।

तालिममा क्लबका अध्यक्ष रोशन बस्नेत, उपाध्यक्ष सुनिल नेपाली, सचिब राजिब अधिकारी, सह–सचिब सुजन अधिकारी, कोषाध्यक्ष बिनिसा खत्री लगायत सदस्यहरु राजन धिताल, प्रतिक्षा कार्की, रश्मी लामा तथा प्रशिक्षक पार्वती बस्नेत, सह–प्रशिक्षक जमुना सापकोटा र तालिम लिनेहरुको उपस्थिती रहेको थियो ।

तालिममा सहभागि सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनहरुमा सामाजिक विकासको हरेक काममा सहभागी हुने र समाजमा रहेको लुकेको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने प्रतिवद्धताका साथ यस क्लबलाई अगाडि बढाउने कार्यक्रम संयोजक प्रतिक्षा कार्की तथा सह–संयोजक रश्मी लामाले बताउनुभयो ।