निबृत्त शिक्षक समाजको प्रशिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न

अनलाइन पत्र संवाददाता२०७७-११-१५ No Comments

नेपाल निबृत्त शिक्षक समाज मकवानपुरको प्रशिक्षण एवम् निबृत्त शिक्षकहरुको सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा केहीदिनअघि भएको निबृत्त शिक्षकहरुको नवगठित कमिटीका निर्वाचित पदाधिकारीहरुले पनि आज नै सपथ ग्रहण गरेका हुन् ।

समाजका केन्द्रिय सल्लाहकार रमाकान्त सापकोटाको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रम अध्यक्ष शिवदयाल यादवको अध्यक्षतामा सम्पन्न भएको हो । केन्द्रीय समितिका प्रचार विभाग प्रमूख एवम् जिल्ला सचिव अभिमन्यू गौतमले स्वागत गर्नुभएको कार्यक्रमलाई उपाध्यक्ष ईन्द्र प्रसाद सञ्जेलले सञ्चालन गर्नुभएको हो । कार्यक्रममा जिल्ला तथा गाउँ नगरपालिका स्तरिय कमिटिका पदाधिकारीहरुले सपथ ग्रहण गरेपछि प्रशिक्षणात्मक सत्र सञ्चालन भएको सचिव अभिमन्यू गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजमा आवद्द सदस्य तथा मानार्थ एवम् आजीवन सदस्यहरुलाई सम्मान सहित प्रमूख अतिथिबाट प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा देव श्रेष्ठ, विशाल बिडारी,हरि सिग्देल, बिष्णु सुवेदी, अधिवक्ता अरुण कुमार खतिवडा, अर्जुन पोखरेल, रिपु गौतम लगायतकाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

Ad
Ad